Logo

मानव अङ्ग प्रत्यारोपणमा नेपालको फड्को



साउन १५, काठमाण्डौ । नेपालमा मानव अंग प्रत्यारोपण सन्तोषजनक नै छ । आँखा, मिर्गौला, कलेजोलगायतका अङ्ग प्रत्यारोपण भइरहेको छ । जसले गर्दा विदेशको महँगो सेवा लिनुपर्ने बाध्यता हटेको छ । तर स्वदेशको उपचारप्रति विश्वास गर्न नसक्नेहरुले यहाँ उपलब्ध सेवाको उपेक्षा गर्दै आएका छन् ।

२०६९ सालदेखि सेवा सञ्चालन गरेको भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रले हालसम्म ६ सय ५२ जनाको मृगौला र ४ जनाको कलेजो प्रत्यारोपण गरको छ । बर्षेनी एक सय जतिको मिर्गाैला प्रत्यारोपण गर्दै आइरहेको छ ।

केन्द्रले मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौलाको समेत प्रत्यारोपण गर्ने गरेको छ । नेपालमा नै अङ्ग प्रत्यारोपण सफल भइरहे पनि नेता, मन्त्री, धनाढ्याहरु भने विदेशमा जाने गरेका छन् । मानव अङ्ग प्रत्यारोपण केन्द्रले भने अङ्ग प्रत्यारोपणका लागि विदेश जानुपर्ने अवस्था नरहेको दावी गरेको छ ।

सरकारी तथ्याङक अनुुसार मुलुकमा बर्षेनी तीन हजारजनाको मिर्गाैला र एक हजारजनाको कलेजो ‘फेल’ हुने गरेको छ ।

प्रत्यारोपणका लागि ति अङ्ग उपलब्ध भएमा यी सबै नेपालमै प्रत्यारोपण गर्ने प्रविधि र जनशक्ति समेत तयार भइसकेको छ । तर मानिसहरु आफ्ना सामाजिक तथा रितिरिवाजका कारण मृगौला, कलेजो दान दिने मानिसहरु भने निकै कमी छ ।

त्यसैले पनि नेपालका धेरै विरामीहरु छिमेकी मुलुक भारत तथा अन्य तेस्रो मुलुकहरुमा समेत जानुपर्ने बाध्यता छ । भारतमा कलेजो प्रत्यारोपण गर्न डेढ करोड रुपियाँ लाग्ने गरेको छ तर भक्तपुर मानव अङ्ग प्रत्यारोपण केन्द्रमा भने करिब २० लाख रुपियाँमा हुने गरेको छ ।

आफ्नो दुवै मृगौलाले काम नगर्ने भएपछि उपचारका लागि प्रत्यारोपणमा आएका विरामीहरु समेत सस्तोमा नेपालमै यस्ता रोगहरुको उपचार सम्भव भएपछि निकै खुशी भएको बताउँछन ।

कलेजो प्रत्यारोपणका हकमा मिर्गाैला प्रत्यारोपणमा भने निकै सस्तो छ । एकजना विरामीको मृगौला प्रत्यारोपण गर्न करिब तीन लाख रुपियाँ खर्च लाग्ने छ । तर स्वदेशमै उपलब्ध सेवाबारे जानकारीको अभावमा मानिसहरु मंहगो शुल्कमा बिदेश जानु दुखद पक्ष हो ।

एक जना मृतक व्यत्तिबाट मिर्गाैला, फोक्सो, मुटु, कलेजो, सानो आन्द्रा, आँखाका नानी तथा छालालगायत दान हुन सक्छ । दान दिइएमा मिर्गौला २४ घण्टाभित्र, कलेजो र प्याङ्क्रियाज देखि १० घण्टाभित्र र मुटरफोक्सो ४ देखि ६ घण्टाभित्र प्रत्यारोपण गर्न सकिन्छ । यसले अरू धेरै रोगीको ज्यान बचाउन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्