Logo

चेपुवामा सभामुख महरा, बोलाए सर्वदलीय बैठक



काठमाडौं, १६ साउन । संसदको अवरोध खुल्न आज सर्वदलीय बैठक बालाइएको छ । सभामुख कृष्णबहादुर महराले विपक्षी दलहरूको विरोधका कारण अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउनेबारे छलफल गर्न आज बिहीबार सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी नेपालले विभिन्न माग राखेर सदन अवरुद्ध गर्दै आएका छन् । प्रतिनिधिसभा बैठक बिहीबार २ बजेका लागि बोलाइएको छ । त्यसअघि १२ बजे सर्वदलीय बैठक बोलाइएको छ ।

कांग्रेस र राजपाले सर्लाहीमा भएको कुमार पौडेलको हत्या छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने, निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्ने, मधेस आन्दोलनका क्रममा भएको धनजन क्षतिको छानबिन गर्न गठित न्यायाधीश गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राखेर संसद् अवरुद्ध गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्