Logo

सुतेकै ठाउँबाट बेपत्ता बालक ३१ घण्टापछि फर्सी घारीमा भेटिए



खोटाङ – सुतेकै ठाउँबाट बेपत्ता भएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका ११ वर्षीय बालक योगेश राई ३१ घण्टापछि सकुशल भेटिएका छन्।

सोमबार राति सुतेकै ठाउँबाट बेपत्ता भएका योगेश बुधबार बिहान ७ बजे घर नजिकै करेला र फर्सी घारीमा बसिरहेको अवस्थामा फेला परेका हुन्।

घर वरपरका जंगल, छरछिमेक तथा आफन्तकोमा खोजी गर्दा नभेटिएका बालक घरै नजिक फेला परेको स्थानीय सुरेश राईले बताए। यसअघि खार्पामा रहेका फुपुको घरमा बसेकाबेला पनि सुतेकै ठाउँबाट तीन दिन बेपत्ता भएका उनी पुःन हराएका थिए।

नागरिकका अनुसार,चार वर्षअघि बावु उदय राईले आत्महत्या गरेको र त्यसको वर्ष दिनपछि आमा पनि भाइलाई लिएर मावली लिच्कीराम्चे गएपछि उनी ठूलाबाको घरमा बस्दैआएका थिए ।



प्रतिक्रिया दिनुहोस्