Logo

उत्तर कोरियाले गर्यो तेस्रो मिसाइल परीक्षण



उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गरेको छ । उसले एक हप्ताबीच तीनपटक मिसाइल परीक्षण गरेको हो ।

१७ साउनको विहानै उत्तर कारियाले मिसाइल परीक्षण गरेको पुष्टि दक्षिण कोरियाले सञ्चारमाध्यमले गरेका छन् । मिसाइल जापानको समुन्द्रतर्फ प्रहार गरिएको थियो । २५ किलोमिटर माथि आकाशमा उडेर २२० किलोमिटर टाढा सम्म पुगेको थियो ।

उत्तर कोरियाले यसै हप्ता यस्तै मिसाइल परीक्षण गरेको थियो । गत हप्ताको अन्ततिर पनि मिसाइल परीक्षण गर्यो । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाली भूमिमै हात मिलाएपछि पनि मिसाइल परीक्षण र सैन्य गतिविधि घटाएको छैन ।

अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यासको तयारी भइरहँदा उत्तर कोरियाले शक्ति प्रदर्शन गरेको हो । उसले हालैमात्र पनडुब्बी सार्वजनिक गरिसकेको छ । Photo: Military Times



प्रतिक्रिया दिनुहोस्