Logo

उड्डयन प्राधिकरणद्वारा एक सय ४० जनाको माग (विज्ञापनसहित)



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले १ सय ४० जना कर्मचारीको लागि विज्ञापन खुला गरेको छ ।

प्राधिकरणले आर्थिक बर्ष २०७५र७६ का लागि विभिन्न १ सय ४० रिक्त पदका लागि खुला दरखास्त आव्हान गर्दे भदौ ७ गते सम्म दरखास्तको आह्वान गरेको छ ।

प्राधिकरणका अनुसार आर्थिक प्रशासनको प्रवन्धक पद र एयरवर्दिनेश प्रवन्धकमा २र२ जनाको माग गरेको छ । त्यस्तै एयर ट्राफिक सर्भिसेसमा ३८ जना अधिकृत र एभियसन फायर सर्भिसेस सहायकमा ३० जनाको माग गरेको छ ।

प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइटबाटै अनलाइन दरखास्त दिन सकिने जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्