Logo

मेलम्ची पाईपलाईनको काम गर्दा पुरिएर दुई जनाको मृत्यु



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बालाजुस्थित पाइपलाइन निर्माणको काम गरिरहेका बेला पुरिएर दुई दाजुभाईको मृत्यु भएको छ।

सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

आधा घन्टा लामो प्रयासपछि उद्धार गर्दा चिन्ताजनक अवस्थामा भेटिएका दुवैलाई उपचारका लागि पठाइएकोमा मृत्यु भएको सिंहले बताए।



प्रतिक्रिया दिनुहोस्