Logo

चोरीको मोटरसाइकल सहित तीन किशोर पक्राउ



काठमाडौ । चोरीको मोटरसाइकलसहित तीन किशोर पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित चोरी गरी ल्याउँदै गरेको बा.३६ प ८६९३ र बा.७२ प ९६७० नम्बरको मोटरसाइकल सहित तीन जनालाई १५ साउनमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर नौखन्टे नगरपालिका(४ घर भएका २० वर्षीय अनिल लामा, मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-४ घर भएका १७ वर्षीय जिवराज तामाङ र काठमाडौं चन्द्रागिरी नगरपालिका-९ खार्पा खोला बस्ने १८ वर्षीय सन्दिप तामाङ रहेका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त मोटरसाइकल सहित पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्