Logo

१६ जुवाडे पक्राउ



भक्तपुर । प्रहरीले १६ जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १५ साउनमा पक्राउ परेका उनीहरुका साथबाट नगद समेत बरामद गरेको छ ।

भक्तपुर नगरपालिका-९ ब्रम्हायणी बस्ने रामसुन्दर ग्वायाँको घरमा जुवातास खेलिरहेको अवस्थामा भक्तपुर च्यामासिंह बस्ने काभ्रे धुलिखेल नगरपालिका(२ घर भएका २७ वर्षीय सुमन गिरी सहित ७ जनालाई नगद ३२ हजार २ सय ८० रुपैयाँ र १ बुक तास सहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यसैगरी, ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ४७ वर्षीय राधेश्याम कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा राधेश्याम कार्की समेत ९ जनालाई नगद ३२ हजार रुपैयाँ र ३ बुक तास सहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्