Logo

कलेजको नक्कली परिचयपत्र लिएका भए होशियार !



भक्तपुर । कलेजको नक्कली परिचयपत्र बनाएको भए होशियार । प्रहरीले नक्कली परिचयपत्र बनाउनेमाथि कडा कारबाही थालेको छ । परिचयपत्र बनाएर सार्वजनिक सवारी साधानमा छुट लिनेहरुका लागि अब निकै समस्या पर्न सक्छ ।

प्रहरीले नक्कली परिचयपत्र बनाउने कार्यमा संलग्न फ्ल्याक्स प्रिन्ट पसलका संचालक भक्तपुर गठ्ठाघर बस्ने प्रकाश मानन्धर र सोही पसलमा काम गर्ने भक्तपुर भुलनखेल घर भएका १८ वर्षीय निश्चल श्रेष्ठलाई १६ साउन मध्यपुर ठिमी नगरपालिका तीन गठ्ठाघरबाट प्रहरीले पक्राउ गरेको छ ।

सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले नक्कली परिचयपत्र आठ थान, जाजरकोट जुनीचाँदे गाउँपालिका वडा नम्बर तीनको नक्कली रबरस्ट्याम्प एक थान, पेनड्राइभ एक थान, प्रिन्टर एक थान र परिचयपत्र काट्ने कटर एक थान सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot