Logo

एक हजार घुस दिन खोज्दा…



काठमाडौं । प्रहरीलाई एक हजार घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १५ हलचोकबाट डिउटीमा खटिएको प्रहरीलाई नगद एक हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं नैकाप घर भएका ३२ वर्षीय दिलबहादुर तामाङलाई १६ साउनमा प्रहरीले पक्राउ गरेको हो ।

बा.८८ प ७६८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तामाङले प्रहरीलाई उक्त नगद दिन खोजे पश्चात उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्