Logo

४७ वर्षका पुरुषले गरे १६ वर्षे किशोरीमाथि जर्बजस्ती करणी



धादिङ । ४७ वर्षीय पुरुषले किशोरीमाथि जर्बजस्ती करणी गरेका छन् । खोटाङ घर भएकी १६ वर्षीया किशोरीलाई रामबहादुर मिजारले जबरजस्ती करणी गरेका हुन् ।

आग्राखोलामा भएको घटनामा ज्याला मजदुरी गरी बस्ने सर्लाही घर भएका मिजारलाई १६ साउनमा प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्