Logo

द भ्वाइस अफ नेपालकी बर्त गन्धर्बले ल्याइन अर्को उत्कृष्ट गित (भिडियोसहित)



साउन १७, काठमाण्डौ । मिठो स्वरकी धनी तथा कुशल सारङ्गी वाधिका बर्त गन्धर्वको नयाँ गित सार्वजनिक भएको छ ।

रियालिटी शो द भ्वाइस अफ नेपालमा उत्कृष्ट प्रस्तुति दिएर सबैको मन जित्न सफल गन्धर्वले कोशी किनारमा बोलको गित सार्वजनिक गरेकी हुन् ।

डिबी बल तामाङको शब्द रहेको गितमा बर्तले स्वर र संगत दिएकी छिन् । लोकभाका गितको भिडियोमा पनि बर्त आफैँ देखिएकी छिन् ।

पुर्वि नेपालको भोजपुर जन्मघर भै हाल काठमाडौ बस्दै आएकी बर्त बाल्यकालदेखि नै पुख्र्यौली बाजा अर्थात नेपाली लोक बाजा सारङ्गिको तार अनि मिठो धुनहरु सङ्ग बहेली खेल्दै आएकी हुन् । बर्तले स्वर संगितका साथै शब्दसमेत आफैँ लेख्ने क्षमता राख्छिन् ।



प्रतिक्रिया दिनुहोस्