Logo

थुनाबाट छुटाइदिन्छु भन्दै लाखौ असुल्न खोज्दा आफै थुनामा



काठमाडौं । थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भनी ठगी गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ ।

थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भनी एक लाख उसुल्ने महोत्तरीका प्रवीणकुमार लाभलाई पक्राउ गरी अनुसन्धान थालेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

उनले प्रहरी र वकिललाई बुझाउनुपर्छ भन्दै अरु पाँच लाख माग गरेकोसमेत खुल्न आएको जनाएका छन । उक्त घटनामा संलग्न रहेको आरोपमा महोत्तरीका प्रवीणकुमार लाभलाई पक्राउ गरी परिसरले अनुसन्धान थालेको छ ।

धनुषा जनकपुर उप–महानगरपालिका वडा नं–२ का ३४ वर्षीय मोहम्मद आर्फिन अलिनसँग साउन २ गते एड्भान्स स्वरुप एक लाख लिएको बोगटीले जानकारी गराएका छन ।

वानेश्वरस्थित एक क्याफेमा पैसा लिएर फरार भएपछि उक्त घटना प्रहरीसम्म पुगेको थियो । काठमाडौँको कलङ्कीबाट उनलाई आज पक्राउ गरिएको प्रहरीले हो ।

ठगी मुद्दामा गत असार ३१ गते पक्राउ परी हाल प्रहरीको हिरासतमा रहेका आकिव जावेद, यमदादुल मोमिन र सगिर शेखलाई छुटाउन प्रहरी र सरकारी वकीललाई पैसा दिनुपर्ने भन्दै उनले रु ६ लाख माग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्