Logo

मेस्सीलाई तीन महिना प्रतिबन्ध



विश्वकै लोकप्रीय फुटबल खेलाडी लियोनेल मेस्सीलाई तीन महिनाको प्रतिबन्ध लागेको छ । कोपा अमेरिकी फुटबलबारे दिएको विवादास्पद अभिव्यक्तिका कारण मेस्सीमाथि प्रतिबन्ध लागेको हो ।

दक्षिण अमेरिकी फुटबल फेडरेशनले मेस्सीले कोपा अमेरिकालाई भ्रष्ट प्रतियोगिता भनेपछि छानविन पछि तीन महिनाको प्रतिबन्धसहित ५० हजार डलर जरिवाना गरिएको जनाइएको छ । बार्सिलोनाका अग्रपंक्तिका खेलाडी मेस्सीले चिलीसँगको तेस्रो स्थानका लागि भएको खेलाम रातो कार्ड पाएर मैदान छाडेका थिए । खेल जीवनकै दोस्रो रातो कार्ड पाउँदा मेस्सीबारे विभिन्न टिकाटिप्पणी भएको थियो । खेलकौशलका कारण मात्र नभई अनुशासनका कारण पनि मेस्सी लोकप्रीय छन् ।

खेलमा उनी चिलीका कप्तान ग्यारी मेडेलसँग झगडा गर्न पुगेका थिए । खेलमा कुटाकुटको अवस्था आएपछि रेफ्रीले दुईवटा रातो कार्ड देखाएका थिए । उक्त खेल अर्जेन्टिनाले २१ ले जितेपनि निकै विवाद भएको थियो ।


३२ वर्षीय अर्जेन्टिनी स्टारले फेडरेशनको निर्णयमाथि अपिल गर्न सक्नेछन् । सातदिनभित्र अपिल गरे त्यसबारे पुनः समिक्षा भई निर्णय लिइनेछ । Photo: Agencies



प्रतिक्रिया दिनुहोस्