Logo

कुकुरको चुम्बनले हातखुट्टा गुम्यो



कुकुर मन पराउने धेरै मान्छे हुन्छन् । कतिपयले कुकुरलाई चुम्बन गर्ने देखि कुकुरको चुम्बन लिने गर्छन् । कुकुरको चुम्बन कहिलेकाहीं घातक हुनसक्छ ।

अमेरिकामा एक महिलाले कुकुरको चुम्बनका कारण हातखुट्टा गुमाइन् । शारीरिक समस्याका कारण आकस्मिक रुपमा अस्पताल लगिएकी मेरी ट्रेनरको हातखुट्टा काट्नुपर्यो । ११ मे मा अस्पताल लगिएकी उनी नौ दिनपछि उठ्दा हातखुट्टा गुमाइसकेकी थिइन् । शल्यक्रिया गरेर उनको संक्रमित हातखुट्टा काट्नुपरेको थियो ।

शारीरिक समस्याले अस्पताल पुगेकी उनको रोग पत्ता लगाउन चिकित्सकलाई सात दिन लागेको थियो । जर्मन सेफर्ड कुकुरको चुम्बनका कारण उनमा रोगको संक्रमण फैलिएको थियो । असाध्यै थोरै मान्छेलाई हुनसक्ने बेक्टिेरिया क्याप्नोसाइटोफागा क्यानिमोरसको संक्रमणमा मेरी परेकी थिइन् ।

जर्मन सेफर्ड कुकुरले हात खुट्टामा चाट्दा संक्रमण भएको थियो । अस्पताल पुर्याइँदा बेहोस भएकी थिइन् र छालाको रङ्ग परिवर्तन भइसकेको थियो । नाक, कान, खुट्टा र अनुहारसम्म संक्रमण फैलिइसकेको थियो । हातखुट्टा बचाउन खोज्दा पनि नसकिने भएपछि शल्यक्रिया गरी फालिएको थियो । ज्यान जोगाउनका लागि जोखिमयुक्त शल्यक्रिया गरिएको संलग्न चिकित्सकले बताएका छन् । Photo: Global News



प्रतिक्रिया दिनुहोस्