Logo

असई विरुद्ध विप्लवको जनअदालतबाट पक्राउ पुर्जी (चेतावनी पत्रसहित)



काठमाडौं । कैलालीमा विप्लव नेतृत्वको पार्टीले प्रहरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। जनअदालतको नाम दिएर नेकपाले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी सहायक निरिक्षकलाई पक्राउ पुर्जी जारी गरेको हो।

कैलाली जनअदालत प्रमुख विकासको नामबाट जारी उक्त पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई २५ दिनभित्र उपस्थित हुन’ आदेश दिइएको छ ।

सार्वजनिक स्थानमा सुचना टाँसिएका उक्त पुर्जीमा लेखिएको छ– ‘कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा भन्ने ठाउँमा बस्ने नवराज कुँवरका छोरा भैरव कुँवरलाई २५ दिनभित्र जनअदालतमा उपस्थित हुन पक्राउ पुर्जी जारी गरिएको हो।

अनुसन्धान विभागमा असई पदमा कार्यरत कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ। ‘बाटोका म्यादबाहेक २५ दिनभित्र आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला जारी  पुर्जीमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्