Logo

कुन थरको के गोत्र हुन्छ ? आफ्नो थर अनुसार आफैले थाहाँ पाउनुहोस



काठमाडौं । नेपाली समाजमा अधिकांशले हिन्धु धर्म मान्दै आएकाले पनि गोत्र महत्वपूर्ण विषय हो । जस्तो कि सहगोत्रसँग विहे गर्न मिल्छ कि मिल्दैन ? कुन गोत्रसँग मितेरी गाँस्ने, कुन–कुन गोत्र कुन जाति अन्तर्गत पर्दछन् ? आदि विषय तपाईंका लागि रूचिका विषय बन्न सक्छन् ।

विभिन्न ऋषिमुनिका सन्तानका नामबाट गोत्र राखिएको हुन्छ । गोत्र उनीहरूको कुल छुट्याउने एउटा भरपर्दो आधार हो । एकै जना बाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका मानिसहरुबीच विवाह चल्दैन ।

हिन्दु समाजमा गोत्र शब्दले एक प्राचिन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ, जुन माथिबाट तल तिर क्रमशः अटुट रुपमा बढ्दै जान्छ । अर्थात एक पुरूषको छोरा, नाति, पनाति, खनाति हुँदै हजारौं हजार वर्षसम्म चल्ने वंश पद्धति भन्ने बुझाउँछ ।

यसरी एक व्याक्तिबाट आरम्भ भएको वंश परम्परा अन्तर्गतका सबै सन्ततिहरू त्यही मुख्य पर–बाजेका सन्तान र उनीहरूको उत्पत्तिको परिचयलाई जनाउँन उनै प्राचिन पर–बाजेको नामलाई गोत्र मान्ने गरेको पाइन्छ । हिन्दू समाजमा गोत्र शब्दले एक पुरुषको अनवरत वंश परम्परालाई जनाउँछ ।

वैद्विक कालमा ऋषिमुनीहरूले आफ्ना सन्ततीहरूको पहिचानकालागि आफ्नो नामलाई संकेत शब्दको रुपमा प्रयोग गर्ने प्रणालीलाई नै गोत्र भन्ने गरेको देखिन्छ ।

यसरी थालनी गरेको गोत्रलाई गोत्र पर्वर्तक ऋषिहरूका सन्तानहरूले आफ्नो कुल, वंशको पहिचानको आधार मान्ने गरेको देखिन्छ । यो प्रक्रिया हजारौं वर्षदेखि अनवरत रुपमा चल्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्