Logo

एउटा अनौठो बधाई…पर्यटन मन्त्रीलाई पहिलो गाँसमै ढुङ्गा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराई पर्यटनमन्त्री बनेपछि देश तथा विदेशबाट बधाईको ओइरो लागेको छ । सबै क्षेत्रबाट आएका बधाईबिच मन्त्री भट्टराईलाई आएको एउटा भारी बधाईले भने अहिले चर्चा पाएको छ ।

नेकपा सांसद एवं पुर्व विद्यार्थी नेतृ रामकुमारी झाक्रीले दिएको बधाई मन्त्री भट्टराईलाई पहिलो गाँसमै नमिठो बधाईको आभास दिलाएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले बधाईसँगै सरकारको घुमाउरो तरिकाले आलोचना पनि गरेकी छन ।

‘आफ्नै कारण अफट्यारोमा परेकोले केही मुठ्ठी खुकुलो बनाउनु पर्यो । जसको कारण योगेश दाईलाई मन्त्री बनाईयो ।’ झार्कीको ट्विटरमा लेखेकी छन ।‘सरकारको अलोकप्रियताको भूंग्रोमा छ । दाई त्यही भूंग्रोमा पर्नु भयो अहिले ।’



प्रतिक्रिया दिनुहोस्