Logo

अमेरिकामा २४ घन्टा फरकमा बन्दुकधारीको हमला



टेक्सासमा बन्दुकधारी हमला भएको २४ घन्टा नबित्दै ओहायो राज्यमा अर्को हमला भएको छ । डेटनमा भएको हमलामा नौ जनाको ज्यान गएको छ ।

अमेरिकी मिडियाका अनुसार घटनामा बन्दुकधारी मारिएका छन् । घटनामा १६ जना घाइते भएका छन् । घटनाबारे गम्भीर अनुसन्धान भइरहेको जनाइएको छ ।

यसअघि टेक्सासमा भएको हमलामा २० जनाको मृत्यु भएको थियो । टेक्सास राज्यको यस पासोमा २१ वर्षीय युवकले अन्धाधुन्दा गोली चलाएका थिए ।

१९ साउनको स्थानीइ समको १० बजे भएको घटनामा २० जनाको मृत्यु हुनाको साथै २४ जना घाइते भएको टेक्सास गभर्नरले जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिका र टेक्ससको सीमा नजिकै एउटा स्टोरमा घटना भएको थियो । बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बन्दुकधारी डल्लास निवासी प्याट्रिक क्रुसिअस भएको अमेरिकी मिडियाले बताइरहेका छन् । Photo: Jpost



प्रतिक्रिया दिनुहोस्