Logo

चन्द्रयानले पठायो पृथ्वीको तस्वीर



भारतले चन्द्रमामा उतार्न लागेको यानले पृथ्वीको तस्वीर पठाएको छ । पृथ्वीको अक्षमा रहेको यानले पठाएको तस्वीर भारतीय अन्तरीक्ष अध्ययन संस्था (आइएसआरओ) ले सार्वजनिक गरेको हो ।


आधिकारिक ट्वीटपेजमा सार्वजनिक गरिएको तस्वीर निकै सु्न्दर छ । यसअघि चन्द्रयानले पठाएको तस्वीर भन्दै अन्य तस्वीर पोष्ट भएपछि आइएसआरओले १९ साउनमा तस्वीर ट्वीट गरी वास्तविक तस्वीर सार्वजनिक गरेको हो ।


३८५० केजी तौल भएको चन्द्रयान २ २२ जुलाईमा प्रक्षेपण गरिएको थियो । पृथ्वीको अक्षमा रहेको यान यसै हप्ता चन्द्रमाको अक्षतर्फ बढ्नेछ । ७ सेप्टेम्बरमा चन्द्रमाको सतहमा यान अवतरण हुने तय भएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण सफल भएमा भारतले किर्तिमान बनाउनेछ । तस्वीर: आइएसआरओ



प्रतिक्रिया दिनुहोस्