Logo

थुनामा परेकालाई छुटाउन एक लाख



काठमाडौं । थुनामा रहेका व्यक्तिलाई छुटाइदिने प्रलोभनमा पारी नगद एक लाख रुपैयाँ ठगी गर्ने एकजना पक्राउ परेका छन् । १७ साउनमा पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका तीन बस्ने ३४ वर्षीय प्रवीण कुमार लाभ हुन् ।

ठगी मुद्दामा अनुसन्धानको सिलसिलामा आकिव जावेद, यम दादुल मोमिन र सगिर शेखलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा थुनामा राखी अनुसन्धान भइरहेको अवस्थामा प्रवीणले उनीहरूलाई छुटाइदिन्छु भनी धनुषा जनकपुर उपमहानगरपालिका २ बस्ने ३४ वर्षीय मोहम्मद आर्फिन अलिनसँग २ साउनमा नगद लिई ठगी गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्