Logo

युवाहरु लागूऔषध सहित पक्राउ



काठमाडौं । अवैध लागूऔषध ब्राउनसुगर १५.८७ ग्राम सहित कैलाली टिकापुर नगरपालिका नौ का २५ वर्षीय धिरेन्द्र बटालालाई चन्द्रागिरी नगरपालिका दुईबाट १७ साउनमा प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६४०६ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार बटालालाईे लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, काठमाडौंको दक्षिणकाली नगरपालिका पााच फर्पिङस्थित बसपार्कबाट नियन्त्रित लागूऔषध फेनारगन ६५ एम्पुल, नोर्फिन ६५ एम्पुल र डाइजेपाम ५३ एम्पुल सहित पर्सा वीरगंज बस्ने सर्लाही बलरा नगरपालिका(१ का २३ वर्षीय रमेश कापरलाई १७ साउन प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका पाँच धोबीघाटबाट अवैध लागूऔषध गाँजा करिब एक केजी ८५ ग्राम सहित काठमाडौं कीर्तिपुर बस्ने २० वर्षीय उजेन महर्जन र बझाङ घर भएका २५ वर्षीय सन्तोष बहादुर सिंहलाई १७ साउन प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले प्रदेश नम्बर तीन ०२ ००२ प ८९४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।

भक्तपुरको सूर्य्विनायक ८ सिपाडोलबाट नियन्त्रित लागूऔषध फेनारगन चार एम्पुल, नोर्फिन दुई एम्पुल, डाइजेपाम एक एम्पुल र सिरिन्ज दुई थान सहित सूर्य्विनायक नगरपालिका पाँच कटुन्जे बस्ने २५ वर्षीय राज श्रेष्ठलाई १८ साउन प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाईे लागूऔषध सहित पक्राउ गरेको हो ।

बर्दियाको गुलरिया नगरपालिका पाँच बाट अवैध लागूऔषध ब्राउनसुगर सात ग्राम चार सय ५० मिलिग्राम सहित सोही नगरपालिका एक छेदापुर बस्ने १९ वर्षीय बिनय लोहारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भे.६ प १७५९ नम्बरको मोटरसाइकलमा सवार उनलाईे लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्