Logo

सुन चोर्ने पक्राउ



काठमाडौं । तीनजना सुन चोर पक्राउ परेका छन् । प्रहरीले बुढानिलकण्ठ नगरपालिका १० मिलनचोक डेरा गरी बस्ने झापा घर भएका जस्मिन गौतमको कोठाबाट १६ साउनमा चोरी भएको सुनका गहनासहित तीन जनालाई १७ साउनको दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं कपन विवेक चोक बस्ने गोरखा पालुङटारका २० वर्षीय बिक्कि सिंह ठकुरी, भारत मणिपुर घर भएका १६ वर्षीय बिकी भट्टराई र ओखलढुङ्गा बल्खु घर भएका १९ वर्षीय अश्मिन राई रहेका छन् ।

चोरीको घटनामा संलग्न व्यक्तिहरुको खोजी तथा अनुसन्धान गर्ने क्रममा चोरी भएको तीन तोला सुनका गरगहना सहित महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । Photo: File



प्रतिक्रिया दिनुहोस्