Logo

दश महिनापछि दुई लाख चोर्ने पक्राउ



भक्तपुर । नगद दुई लाख र मोबाइल चोर्ने युवकलाई प्रहरीलाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका दुई दुवाकोट हनुमन्ते पुलमा २४ असोज २०७५ मा नगद दुई लाख रुपैयाँ र मोबाइल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं थानकोट बस्ने सिन्धुपाल्चोक घर भएका २९ वर्षीय पदम तिमिल्सिनालाई १८ साउन बिहान प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका एक मनोहरा नरेफाँटमा तिमिल्सिनालाई फेला पारी पक्राउ गरेको हो । उनको साथबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, नोर्फिन ६ एम्पुल, फेनारगन ६ एम्पुल र मोबाइल सात थान प्रहरीले बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot