Logo

फरार ठग पक्राउ



भक्तपुर । अदालतले दोषी ठहर्याएका फरार ठगलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर जिल्ला अदालत पाटनबाट ठगी मुद्दामा एक वर्ष १० महिना २३ दिन कैद र २६ लाख ५८ हजार ३ सय ८७ रूपैयाँ ४० पैसा जरिवाना तोकिई फरार भएका मध्यपुर ठिमि नगरपालिका १ बस्ने ४८ वर्षीय सुनिल श्रेष्ठलाई १९ साउनमा प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर ठिमि नगरपालिका १ बोडेबाट श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्