Logo

भरुवा बन्दुक पड्काउँदा किशोरको मृत्यु



डोटी । भरुवा बन्दुक पड्काउँदा किशोरको मृत्यु भएको छ । आदर्श गाउँपालिका ५ बस्ने ५० वर्षीय जंग भुलले १८ साउनको राति भरुवा बन्दुक पड्काउँदा सोही ठाउँ बस्ने १८ वर्षीय तपेस लोहारको मृत्यु भएको हो ।

सलामीडाँडा सामुदायिक बन नजिक खेतको किनारमा जंगली जनावर भगाउन भुलले एकनाले भरुवा बन्दुक पड्काउँदा टाउकोमा लागेपछि लोहारको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले भुललाई भरुवा बन्दुक सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्