Logo

लागूऔषध बरामद



भक्तपुर । लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-६ सूर्य्बिनायकबाट सोही ठाउँ बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका ३ घर भएका ४२ वर्षीय धन श्रेष्ठलाई नुर्फिन ६ एम्पुल, भेनेजगम ६ एम्पुल, डाईजेल्याप ५ एम्पुल र सिरिन्ज ३ वटा सहित १८ साउनको साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले श्रेष्ठलाई उक्त लागूऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्