मादक पदार्थ सेवन गरी खुकुरी प्रहार


गुल्मी । छिमेकीलाई खुकुरी प्रहार गरी घाइते बनाउने किशोर पक्राउ परेका छन् । मदाने गाउँपालिका १ अग्लुङ बस्ने २० वर्षीय बाबुराम चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द र सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त बोहराबीच १८ साउनको राति मादक पदार्थ सेवन गर्ने क्रममा सामान्य बिवाद भएपछि चन्दले बोहरालाई खुकुरी प्रहार गर्दा घाइते बनाएका थिए ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले चन्दलाई खुकुरी सहित पक्राउ गरेको हो । घाइते बोहारालाई स्थानीय प्राथामिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल तम्घास हुँदै लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा पठाइएको प्रहरीले जनाएको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Skip This

Omoda E5 Pro