Logo

प्रधानमन्त्रीलाई दुतावासको पत्र नदिए गल्ती गरेकै हो : मन्त्री खनाल



काठमाडौं, १९ साउन । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले विषादी परीक्षणबारे भारतीय दूतावासले पठाएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमै नदिएर गल्ती गरिएको भन्दै आफ्तो तर्फबाट गल्ती स्वीकार गरेका छन् । मन्त्री खनालले प्रधानमन्त्री ओलीले जेष्ठ २१ गते सो विषयमा बोल्नुभएको तर हामीले त्यसको दूई दिन पछि मात्रै भारतीय दूतावासको पत्र दिनु गल्ती भएको स्वीकार गरेका हुन् ।

आईतबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरुको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो गल्ती स्विकारेका हुन् । खनालले प्रधानमन्त्री ओलीले बोल्नुअघि नै सो पत्र नदिएर आफूले नेतृत्व लिएको मन्त्रालयले गल्ती गरेको बताएका हुन् ।

उनले अघि थपे,‘हाम्रो कमजोरी के भयो भने त्यसपत्रबारे प्रधानमन्त्री ओलीले २१ गते बोल्नुभयो, त्यो पत्र हामीले २३ गते मात्रै हात पारियो हामीले, ’ मन्त्री खनालको स्विकारोक्ति थियो, ‘हाम्रो कमजोरी यही हो, यो हाम्रो मन्त्रालयको, जिम्मेवार निकायको कमजारी हो ।’

मन्त्री खनालले भारतबाट आयातित विषादी परीक्षण तत्कालका लागि रोक्ने निर्णयमा भने आफ्नो मन्त्रालयको कुनै हात नरहेको पटक–पटक दोहो¥याए । उक्त विषय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित भएकाले विषादी परीक्षण सम्बन्धि निर्णयमा आफ्नो मन्त्रालयको कुनै हात नरहेको जिकिर गरे । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्