Logo

आठ हजार घुसहित मालपोतका सुब्बा र खरिदार पक्राउ



कैलाली । आठ हजार घुससहित मालपोतका सुब्बा र खरिदार पक्राउ परेका छन् । मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नर राज पाण्डेले लम्की चुहा नगरपालिका र जानकी गाँउपालिका स्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलिपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत घुस लिइसकेपछि पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले सिह बहादुर कुँवर र नर राज पाण्डेलाई सेवाग्राहीसँग घुस वापतको रकम लिइसकेको अवस्थामा ब्यवस्थित नगरबाट रङ्गेहात नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयचोगले उनीहरुमाथि अनुसन्धान भइरहेको जनाएइको छ ।



प्रतिक्रिया दिनुहोस्