Logo

बम हान्ने अभियुक्त पक्राउ



काठमाडौं । वडा कार्यालयमा बम हान्ने अभियुक्त पक्राउ परेका छन् । नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा प्रहरीले बेलकोटगढी नगरपालिका–५ का बच्चुराम लामिछानेलाई १८ साउनमा पक्राउ गरेको हो ।

प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध रहेर उनीसहितका व्यक्तिले यही साउन १४ गते राति वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा लामिछानेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नुवाकोट प्रहरीका अनुसार लामिछानेलाई काठमाडौँको कीर्तिपुरस्थित उनले सञ्चालन गर्दै आएको स्टेशनरी पसलबाट नियन्त्रणमा लिएर अनुसन्धानका लागि नुवाकोट लगिएको छ । सोमबार जिल्ला अदालतमा उपस्थित गराइएका लामिछानेलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिइएको छ ।

उनी हाल कीर्तिपुरमा व्यवसाय गर्दै आएको तर प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध नरहेकाले रिहा गर्न परिवारले आग्रह गरेका छन् । नेकपा विप्लव समूहको खुला राजनीतिक गतिविधिको समयमा समर्थक भए पनि उक्त पार्टीको क्रियाकलापलाई सरकारले प्रतिबन्ध लगाएसँगै उनी व्यवसायमा लागिसकेकाले रिहा गरिदिन पक्राउ परेका लामिछानेकी श्रीमती रश्मी ढुङ्गानाको माग रहेकोे छ ।



प्रतिक्रिया दिनुहोस्