Logo

उत्तर कोरियाले गर्यो एकैपटक दुईवटा मिसाइल परीक्षण



उत्तर कोरियाले एकैपटक दुईवटा मिसाइल परीक्षण गरेको छ । उसले दक्षिण ह्वाङहे प्रान्तबाट मिसाइल प्रहार गरेको हो ।

दक्षिण कोरियाले उत्तर कोरियाले एकैपटक दुईवटा मिसाइल प्रहार गरेको जनाएको छ । उत्तर कोरियाली विदेश मन्त्रालयले ६ अगष्टमा विज्ञप्ति जारी गरी मिसाइल प्रहार गरेको उल्लेख गरेको हो ।

उत्तर कोरियाले लगातार चौंथोपटक मिसाइल परीक्षण गरेको छ । मिसाइल समुन्द्रमा खसालिएको थियो । अमेरिकासँग दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाले शक्ति प्रदर्शन गरेको हो ।

अमेरिका र दक्षिण कोरियाले घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएका छन् । कोरियाली प्रायद्वीपमा यसले नयाँ द्वन्द्व बढ्ने खतरा देखिएको छ । Photo File



प्रतिक्रिया दिनुहोस्