Logo

मल्लिकालाई फ्यानले घेरे (भिडियोसहित)



बलिउड नायिका मल्लिका शेरावत एउटा विवाह कार्यक्रममा सहभागी हुँदा फ्यानबाट घेरिएकी छिन् । रातो कुर्तामा सजिएकी उनलाई फ्यानले अटोग्राफका लागि घेरेका हुन् ।

मुस्कुराउँदै मल्लिकाले फ्यानहरुलाई अटोग्राफ दिइन् । उत्साही भएकी उनी निकै सुन्दर देखिएकी थिइन् ।
फ्यानलाई अटोग्राफ दिइरहेको भिडियो मल्लिकाले आफ्नो ट्वीटमा राखेकी छिन् । छानेर मात्र केही चलचित्रमा अभिनय गर्न थालेकी उनी बढी शरीरमा ध्यान दिन्छिन् । मल्लिका नियमित योग गर्छिन् ।



प्रतिक्रिया दिनुहोस्