Logo

विप्लव वाध्य भएर वार्तामा आउनुपर्ने सत्तारुढ नेकपा नेता सोमप्रसाद पाण्डेको दाबी



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता सोमप्रसाद पाण्डेले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता हुनेमा निश्चिन्त हुन भनेका छन् । उनले वार्ताको विकल्प नभएको बताए । नेत्रविक्रम चन्द विप्लव वाध्य भएर वार्तामा आउनुपर्ने उनको भनाई थियो ।

ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि २० साउनमा कुराकानी गर्दै पाण्डेले वार्ताको वातावरण बनाउने बताए । सरकारले गठन गरेको वार्ता कमिटिका संयोजकसमेत रहेका पाण्डेले भने,‘वार्ताको विकल्प नभएर वाध्य भएर आउन वाध्य हुनुपर्छ ।
दाउपेचका लागि नभई सहमतीका लागी वार्ता हुने उनको भनाई थियो । जसले जे सुकै भने पनि वार्ता हुने बताए । विगतमा पनि वार्ताबाटै शान्ति आएको स्मरण गराउँदै विप्लवलाई वार्तामा आउनुको विकल्प नभएको बताए । उनले भने,‘हिजोको दिनमा पनि हामीले धेरै लामो समयदेखिको जनयुद्ध पनि वार्ताका माध्यमबाट शान्तिपूर्वक ढङ्गले टुङ्ग्याएर हामी यहाँ सम्म आइपुगेका छौँ । मुलुकलाई एउटा दिगो शान्तिका बाटामा ल्याएका छौँ । नेपाली जनताले मुलुकमा द्वन्द नभइ समृद्ध चाहेकाले यस समस्यालाई वार्ताकै माध्यमबाट टुङ्ग्याउनु पर्छ ।’ मुलुकले अहिले द्वन्द नचाहेको उनको भनाई थियो ।

देशमा व्यक्ति हत्या भए नभएको छानविन गर्ने निकाय रहेको र त्यसले प्रभावकारी रुपमा काम गर्ने बताए । उनले भने,‘एउटा संसदीय छानविन समितिको नाम मात्र लिएर सबै समस्या समाधान हुनेवाला छैन । त्यसका समस्याको विधि गर्न हल गर्न हत्या प्रकरणलाई पत्ता लगाउन हत्याराको सजाय र कुन खालको सजाय दिने भन्ने विषयमा त्यो विधि विभिन्न विधिबाट हामीले काम गर्न सक्छौ ।’ सरकारले व्यक्ति हत्या गर्नेलाई नछाड्ने र खोजिरहने गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्