Logo

बलिउडको जस्तो सेटमा सरोज र आश्माको रोमान्स (भिडियोसहित)



प्रचण्डको नातिनीको गीतमा कार्टुन्ज क्रु
काठमाडौं । कार्टुन्ज क्रुु नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । स्मीता दाहालको नयाँ गीतमा कार्टुन्ज क्रुुका सरोज र आश्मा देखिएका हुन् । मायालु तिमी कता छौु बोलको गीतमा स्मीतासँगै राजनराज शिवाकोटीको स्वर छ ।

दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सींग गरेका हुन् ।
सार्वजनिक भिडियो सेट लगाएर खिचिएको हो । जहाँ वर्षाका कारण कोठा नै डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको दृश्य देखाईएको छ ।

भिडियो छायाँकनका क्रममा कार्टुन्ज क्रु की आश्मा विश्वकर्मा बहोस हुँदा करिब ५ घण्टा अस्पतालमा राख्नु परेको निर्देशक सरोज ओलीले जानकारी दिएका छन् ।
म्युजिक भिडियोमा गायिका स्मीता दाहालले पनि पानी रुज्दै नृत्य गरेकी छिन् ।

राजु पेन्टरद्धारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो संजय लामाले खिचेका हुन् । विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रतिको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका हुन् ।

हेर्नुहोस् भिडियो :



प्रतिक्रिया दिनुहोस्