Logo

तीन महिनाकी गर्भवती बुहारीको हत्या अभियोगमा सासुससुरा पक्राउ



सप्तरी । गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले पक्राउ गरेको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई २१ साउनमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आरोपितहरुले घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति ल्याउँदा पीडितको मृत्यु भइसकेको थियो । मृतकको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । मृतक तीन महीनाकी गर्भवती रहेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्