भेट्न गएकी छोरीको कपडा लगाएर कैदी जेलबाट भाग्न खोजेपछी…


केटीले लागूऔषध कारोवार अन्तर्गत प्रहरी हिरासतमा रहेका आफ्ना प्रेमिलाई सुटकेसमा हालेर हिरासतबाट बाहिर निकाल्ने असफल प्रयास गरेको समाचार भाइरल बनेको धेरै समय नबित्दै त्यस्तै घटना भएको छ । ब्राजिलको रियो दि जेनेरियोस्थित जेलमा घटेको एक अनौठो घटनाले अहिले संसारको ध्यान तानेको छ । उक्त जेलका एक कैदीले आफ्नै छोरीको भेष गरेर भाग्ने प्रयास गरेका छन्। तर, भाग्ने क्रममा उनी पुनः समातिए।

४१ वर्षीय क्लोविनो द सिल्भा लामो समयदेखि लागुऔषध ओसारपोसारको अभियोगमा कैदी जीवन विताइरहेका थिए।
सिल्भाकी १९ वर्षकी छोरी जेलमा भेट्न आएकी थिइन्। सोही समयमा, सिल्भाले नक्कली कपाल तथा सिलिकन गर्ल मास्क ल्याईदिएकी थिइन।

नक्कली कपाल, टाइट जिन्स प्यान्ट, चप्पल, कोट तथा चस्मा लगाएको पहिरनमा सिल्भा किशोरी जस्तै देखिएका थिए। तर, उनको हिडाइ र शरीरको बनावट अस्वभाविक देखेपछि जेलका सेक्रेटरीलाई शंका भए पछि उनी समातिएका थिए। ब्राजिलका प्रहरीले एक भिडियो सार्वजनिक गरेको छ । जहाँ ती ४२ वर्षमा व्यक्ति महिलाको नक्कली अवतारमा देखिएका छन् । भाग्ने क्रममा सिल्भाले आफ्नी छोरीलाई भने जेलमै छोडेका थिए। एजेन्सी

Skip This

Omoda E5 Pro