Logo

एकाविहानै माइतीघरमा बम



काठमाडौं । एका विहानै माइतीघर मण्डलामा बम भेटिएको छ । सेन्टजेभियर्स कलेज अगाडि २२ साउनको बिहानै सकेट बम फेला परेपछि सो क्षेत्रको सवारी आवागमनमा समस्या भएको थियो । ड्युटिमा रहेका प्रहरीले बिहानै शंकास्पद वस्तु देखेपछि प्रहरीको माथिल्लो निकायमा खवर गरेका थिए ।

बम रहेको सुचना पाए लगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारिसकेको छ ।

बम कसले राख्यो भन्ने अहिलेसम्म खुलेको छैन ।घटनास्थल वरिपरि प्रहरीले खानतलासि जारी राखेपनि कुनै पर्चा तथा सचना पाउन सकेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको र अहिले सो क्षेत्रको सवारी आवागमन पुनः सुचारु भएको छ ।



प्रतिक्रिया दिनुहोस्