Logo

पाँच बर्षमा महाधिवेशन गर्ने विषयमा कसैले प्रश्न नगर्दा हुन्छ- रमेश लेखक, नेता नेपाली काँग्रेस



नेपाली काँग्रेसका प्रभावशाली नेता रमेश लेखक सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । सटिक बोल्ने शासिन नेता लेखकको सरल स्वभावका कारण सबैका प्रीय छन् । लेखकसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

नेपाली कांग्रेस पार्टी भित्र नेताहरु किन आरोप प्रत्यारोपको जुहारी परिरहेका छन् ?
नेपाली कांग्रेसकोे केन्द्रिय समितिको बैठकहरुमा छलफल भईरहेका छ । विभिन्न एजेण्डामा छलफल भएको छ । भोलि फेरी केन्द्रिय समितिको बैठक बस्दैछ ।

अनि हिजो शेर बहादुर देउवा र रामचन्द्र पौडेलले के भन्नुभयो तपाईलाई थाहा छ ?
नेपाली कांग्रेसकोे केन्द्रिय समितिको बैठक चलिरहेका छन् , । बैठकमा १३,१४ वटा एजेण्डाहरु छन् । पहिलो एजेण्डा नियमावली सम्बन्धी एजेण्डा हो, त्यो एजेण्डा केन्द्रिय समितिले पारीत गरेको छ । केन्द्रिय समितिमा उठेका केही विषयलाई सहमति गरेर त्यसमा टुङ्गाउने भनिएको छ त्यो काम पूरा भईसकेको छ । दोस्रो एजेण्डा नेपाली काग्रसको अन्तरीम व्यवस्थापन कसरी गर्ने भन्ने छ, जुन आगामी महाधिवेशनको कार्यतालिका भविष्यमा बनाउने कुरासँग जोडिएको छ । त्यस विषयमा छलफल भएर निर्णय हुदैछ । मूलत ः अहिले नेपाली कांग्रेसले अन्तरिक व्यवस्थापन भनेको संविधानको व्यवस्था अनुसार राज्यको पुन ः संरचना भएको छ । धेरै संख्यामा रहेका गाउँपालिका र नगरपालिकालाई स्थानीय तह भनेर कम संख्याम पुन ः संरचना गरिएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र बनेका छन् । ३०५ वटा प्रतिनिििधसभा निर्वाचन क्षेत्रबाट १६२ भएका छन् । ७ वटा प्रदेश बनेका छन् । तद अनुरुप नेपाली कांग्रेसको रचना पनि संगठनको विषय अनुसार हुन्छ ।

पार्टीको १४ औ महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने विषयमा आरोप प्रत्यारोप भयो नि ?
आगामी महाधिवेशन भन्दा पहिले नेपाली कांग्रेसको अन्तरिम व्यवस्थापन कसरी गर्ने, संगठनलाई कसरी नयाँ स्वरुपमा कसरी व्यवस्थित गर्ने भन्ने बारे छलफल भएको छ । मूलत ःसबै ठाउँमा निर्वाचन गर्ने भनिएको छ । त्यसको लागि पदाधिकारीहरुले अन्तरीम व्यवस्थापनको कार्यतालिका कसरी यसलाई व्यवस्थापन गर्ने , कसरी कमिटीहरु निर्माण गर्ने भन्न्नेबारेमा कार्यतालिका ल्याउने विषयमा कुरा भएको छ ।

पाँच बर्ष भित्र महाधिवेशन गर्न खोज्दा खोज्दै पनि आफूलाई भिलेन बनाउने ? भनेर शेर बहादुर देउवा रिसाए नि रामचन्द्र पौडेलसँग ?
पाँच बर्षभित्र महाधिवेशन हुन्छ । नेपाली कांग्रेसको विधानले चार बर्षमा महाधिवेशन गर्ने भनिएको छ ।
चार बर्षमा हुन नसकेमा एक बर्ष थप गर्न सकिने भनेर कांग्रेसको विधानले भनेको छ । पछिल्ला बर्षमा भएका महाधिवेशन सबै पाँच बर्षमा भएका छन् । पाँच बर्षमा महाधिवेशन हुन्छ यो विषयमा कसैले प्रश्न नगर्दा हुन्छ । पार्टी सभापती शेर बहादुर देउवा नेपाली कांग्रेसको विधान बमोजिम महाधिवेशन गर्ने कुरामा सबैभन्दा प्रतिबद्ध हुनुहुन्छ । त्यसकारण नेपाली कांग्रेसको महाधिवेशन हुन्छ कि हुदैन भन्ने कुराम कसैले चिन्ता नगर्दा हुन्छ । पार्टी सभापतीले भन्नुभएको छ पार्टीको विधान अनुसार महाधिवेशन हुन्छ । यो कुरा राम्रो कि नराम्रो हो ?

रामचन्द्र पौडेलले तपाईहरुले जबसम्म महाधिवेशनको कार्यतालिका ल्याउनु हुन्न तबसम्म छलफल अगाडी बढ्दैन भन्नु भएको छ नि ?
छलफल अगाडी बढेर महाधिवेशनको कार्यतालिका पार्टीको आन्तरिम व्यवस्थापनको काम सकिएपछि पार्टीका गठन गर्नुपर्ने निकायहरु छन् ती निकायहरु गठन गरिसकेपछि आगामी महाधिवेशनको कार्यतालिका आउँछ भन्ने कुरा टुिङ्गसकेको छ । अहिले महाधिवेशनको कार्यतालिका खोजिएको पनि होइन र महाधिवेशनको कार्यतालिका बनाउने एजेण्डा पनि होइन ।

रामचन्द्र पौडेलले महाधिवेशनको कार्यतालिका विना छलफल अगाडी बढ्दैन भनेपछि एजेण्डा माथि त छलफलै भएन नि ?
एकै एजेण्डामा छलफल भइराखेको छ । एउटा एजेण्डामा टुङ्गिसकेपछि अर्को एजेण्डामा प्रवेश गर्छ बैठक पहिलो नियमावली सम्बन्धी एजेण्डा टुङ्गियो । त्यसका बारेमा केन्द्रिय समितिमा उठेका केही कुराहरुलाई समावेश गरेर त्यसलाई अन्तिम रुप दिने भनेर सर्वसम्मतिले पारित गरेको छ र बैठक दास्रो एजेण्डामा प्रवेश गरेको छ । दोस्रो एजेण्डामा छलफल भइराखेको छ । दोस्रो एजेण्डा टुङ्गिएपछि तेस्रो एजेण्डाम प्रवेश गर्छ । एजेण्डा अनुसार छलफल भइराखेका छन् । महाधिवेशनको कार्यतालिका अहिले प्रकाशित गर्ने भनेको होइन । अहिले अन्तरिम व्यवस्थापन कसरी गर्ने भन्ने कार्यतालिका प्रस्तुत गर्ने भनिएको हो । अन्तरिम व्यवस्थापन भइसकेपछि महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने भनिएको हो त्यो एजेण्डामा प्रस्ट लेखिएको छ ।

समय घटाएर महाधिवेशन नगराउने खेलमा शेर बहादुर देउवा लाग्नुभएको भन्नुहुन्छ नि रामचन्द्र पौडेल ?
उहाँले त्यसो भन्नुभएको छैन । त्यसो भन्नुभएको तपाईले बुझ्नुभएको छ भने त्यो गलत बुझ्नुभएको छ । पार्टी सभापतिले पार्टीको विधान अनुसार महाधिवेशन हुन्छ भन्नुभएको छ अनि यो तपाईको ठीक बुझाई होइन ।

रामचन्द्र पौडेलले संकटमा पुर्याएर अहिलेको अवस्थाम पार्टीलाई कमजोर बनाउने काम शेर बहादुर देउवाले गर्नुभएको छ भन्नुहुन्छ नि ?
रामचन्द्र पौडेलले अन्तरिम व्यवस्थापनको कार्यतालिका ल्याउनु भन्नुभएको छ । अन्तरिम व्यवस्थापन कसरी गर्ने भन्ने कार्यतालिका बनाउने भन्नुभएको छ । त्यो कार्यतालिका पदाधिकारीले प्रस्तुत गर्ने भन्नुभएको छ ।

मलाई हैन जनतालाई कार्यकर्तालाई र नेतालाई बुझानुहोस रमेश लेखक जी ।
ऋषिजीलाई बुझाएपछि जनतासामु कुरा पुग्छ तपाई राम्रो माध्यम हो भन्ने कुरा मैले बुझेको छु त्यसकारण म के आग्रह गदैछु भने एजेण्डा नै के हो त भन्दा अन्तरिम व्यवस्थापन कसरी गर्ने २०५ वटा निर्वाचन क्षेत्र १६२ वटा भयो । कुनै निर्वाचन क्षेत्रमा २, कुनैमा ३ जना सभापति छन् । कुनैमा एक जना पनि नभएको स्थिति हुन सक्छ । अब त्यो २०५ वटा निर्वाचन क्षेत्रलाई १६५ क्षेत्रमा पुनःगठन गर्नुप¥यो । त्यसका लागि छलफल भइ राखेको छ । यसरी प्रस्ट हुन्छ विषय । यसलाइ कसरी गर्ने भनेर बरिष्ट नेता रामचन्द्र पौडेलले पनि कार्यतालिका ल्याउनु कार्यतालिका पछि केन्द्रिय महाधिवेशन कसरी गर्ने कहिले गर्ने भन्ने कुरालाई पनि छलफल गरौ भन्नुभएको छ । एजेण्डा पनि त्यही हो त्यसकारण अहिलेको केन्द्रिय विषयवस्तु भनेको अहिले पार्टीको अन्तरिम व्यवस्थापन कसरी गर्ने भन्ने कार्यतालिका ल्याउने हो । त्यो कार्यतालिका आय अनुसार अन्तरिम व्यवस्थापन गरिसकेपछि केन्द्रिय महाधिवेशनको छलफल गर्ने र केन्द्रिय महाधिवेशनको कार्यतालिका ल्याउने भनेको हो ।

अब महाधिवेशनको कार्यतालिका आउँछ ?
अहिले अन्तरिम व्यवस्थापनको कार्यतालिका आउने हो महाधिवेशनको होइन ।

अन्तरिम व्यवस्थापनको कार्यतालिका आउँदा त्यसमा सहमतिका साथ आउँछ कि बिमतिका साथ ?
सहमतिमा छलफल भईरहेको छ ।

त्यसो भए कांग्रेसमा नेताहरुवीच कुरा नमिल्ने सक्भावना धेरै छ ?
कांग्रेसको कुरा मिल्दैछ ।

शेरबहादुर देउवा सभापति भएको साढे तीन बर्ष पुग्नलाग्यो, खोई त कुरा मिलेको ?
कतिपय कुराहरुमा विमति छन् विमति कै कारण कुरा अगाडि बढ्न सकेको छैन । पार्टी सभापतिले सहमति कै कारण पार्टी गठन गर्न खाज्नुभयो त्यसकै आधारमा अगाडि बढ्न खोज्नुभयो ।सहमति हुन सकेन ।

कांग्रेसको विभाग गठन हुन सकेको छैन नि ?
पार्टी सभापति आजसम्म एकलौटी किसिमले पार्टी गठन गरेको भए भइहाल्थ्यो । उहाँले फरक रुप लिनु भयो । सहमति गनुैपर्छ भन्नुभयो तर सहमति गर्ने नेताहरुले सहमति गरिदिनुभएन । त्यसकारण गरिसक्नुपर्ने कतिपय कामहरु थाति छन्, गरिसक्नुपर्ने निर्णहरु भएका छैनन् । कतिपय सत्ताहरु गठन हुन सकेको छैनन । त्यो सत्य हो । तर पार्टीभित्र छलफल र निर्णयहरु हुन्छन् । छलफलकै माध्यमबाट कुरा अगाडि बढ्ने हो । त्यो प्रक्रिया भईरहेको छ ।

नेपाली कांग्रेसमा महाधिवेश नभएको ३ महिना भित्र तपाईहरुले विभाग गठन गर्नुप¥थ्यो अहिले साढे तीन बर्ष भइसक्यो ?
विभाग गठन भएको छैन ।

संगठन त अत्यन्त कमजोर छ कांग्रेसको , नेता र कार्यकताहरुले जिम्मेवार पाएका छैनन् तपाईहरुले केही गर्न सक्नुभएको छैन ?
केही हुन नसकेको हैन तपाईले भन्नुभएको जस्तो विभाग गठन हुन नसकेको सत्य कुरा हो । विभाग सभापतिले सहमतिमा गठन गर्न चाहनुभयो सहमति हुन नसकेन त्यसकारण विभाग गठन हुन सकेको छैन । तर एउटै कुरालाई लिएर कांग्रेसमा केहीहुन सकेको छैन भन्ने ढंगले मापन गर्नुहुँदैन जस्तो लाग्छ ।
तर शेरबहादुर देउवा असफल सभापति भनेर तपाई भन्न सक्नुहुन्छ ?
त्यस्तो हैन नभएको कुरा कसरी भन्छु त ।

त्यसो भए उहाँले चमत्कार गर्नुभयो नेपाली कांग्रेस पार्टीमा ?
चमत्कार भनेको के हो मलाई थाहा छैन । तर शेर बहादुर देउवा असफल सभापति हैन । यो भन्दा पहिले पनि विभागहरु साढे ३ बर्षमा गठन भएका उदाहरणहरु छन् । तर यो भन्दा पहिले विभागहरु गठन भएका थिएनन नभएको रामै भयो भन्न खोजेको चाहिँ हैन । विभाग गठन नहुनुमा सबै कमिकमजोरीहरु पार्टी सभापतिमा जाने होइन । हाललाई पार्टी सभापति पार्टीको पहिलो नेता भएकोले उहाँले त्यसको जिम्मेवारी लिनुपर्ला अपजस उहाँ माथि जाला । तर, उहाँले सहमतिमा गर्न चाहनुभयो सहमति भएन यसै कारण सम्पूर्ण पार्टी समाप्त भयो भन्ने होइन ।
नेपाली कांग्रेसले आफूले गर्ने काम गरिराखेको छ । प्रतिपक्षको भूमिका निर्वाह गरिराखेको छौ । पार्टीको नयाँविधान बनेको छ । नयाँ नियमावली बन्ने प्रक्रियामा छ । नेपाली कांग्रेस मुलुककै इतिहासमा नयाँ विधान बनाएर पहिले त्यस्तो पार्टी बनेको छ जो सबैभन्दा समावेशी भएर अगाडि बढ्दै छ । नेपाली कांग्रेस सबैभन्दा ज्यादा समावेशी पार्टी हो । तर, मैले तुलना गर्न खोजेको होइन । विभाग गठन नभएको कारण नेपाली कांग्रेस सिद्धियो भन्दै हुनुहुन्छ तर कतिपय पार्टीमा बषौसम्म पनि बैठक भएका छैनन् । पार्टीमा अप्ठ्याराहरु हुन्छन् । अप्ठ्याराहरु छन् भन्दैमा असफल भयो भन्न मिल्दैन । कांग्रेसमा आन्तरिक विवादहरु छन् तर कांग्रेसले आफ्ना विवादहरुलाई मिलाउदै काम गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्