Logo

ट्रायल पासको प्रलोभनमा पारी ठगी गर्ने पक्राउ



भक्तपुर । सवारी चालक अनुमतिपत्रको ट्रायल परिक्षा पास गरिदिन्छु भनी प्रलोभनमा पारी ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बनेपा काभ्रे मनदन देवपुर नगरपालिका ८ चैनपुर बस्ने ३१ वर्षीय पशुपति आचार्य छन् ।

उनलाई साउन २१ प्रहरीले पक्राउ गरेको हो । मध्यपुर ठिमी नगरपालिका ४ राधेराधे स्थित इजि ट्रायल सेन्टर अगाडिबाट आचार्यलाई महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्