Logo

भारतबाट छिरेका ‘कन्ट्रयाक्ट किलर’ पक्राउ, धन्न जोगियो ज्यान



मोरङ । स्वचालित हतियारसहित नेपाल छिरेका ‘कन्ट्रयाक्ट किलर’ पक्राउले नयाँ तथ्य खुलेको छ । पक्राउ परेका किशोरले मान्छे मार्ने सुपारी लिएको तथ्य खुलेको हो ।

हत्या गर्ने योजनाका साथ बिराटनगर महानगरपालिका-९ स्थित मेट्रोसिटी होटलमा बसेका भारत सितामढी घर भएका १९ वर्षीय कुनाल कुमार पक्राउ परेका थिए । २१ साउनमा सार्वजनिक गरिएका उनी दुई थान अटोमेटिक पेस्तोल, चार थान म्यागजिन र आठ राउण्ड गोली सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट हतियार र गोली सहित साथी राज कुमारसँगै बिराटनगर आएका कुनाल र बिराटनगर महानगरपालिका-८ बस्ने मन्नु गुप्ताले सोही ठाउँमा बस्ने एक व्यक्तिलाई मार्ने योजना बनाई सर्लाही बस्ने हरिनारायण झा र भारत सितामढी बस्ने राकेस झालाई परिचालन गरेको प्रहरीले पत्ता लगाएको छ । कुनाल तथा मन्नु गुप्ता र हरि नारायण झालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको हो । उनीहरुलाई हाल जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्