Logo

घर बनाउने विवादमा हवाई फायर



पर्सा । घर बनाउने विवादमा एक व्यक्तिले हवाइ फायर गरेका छन् । वीरगञ्जको भवानीपुरमा गोली चलेपछि प्रहरीले बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बीरगंज महानगरपालिका १८ भवानीपुर बस्ने मोहन साह तेली र उनको २१ वर्षीय छोरा कुन्दन साह तेली छन् । उनीहरुको साथबाट दुईनाले बाह्रबोर हतियार, सोको गोली राउण्ड चार र खोका तीन वटा बरामद भएको छ ।

छिमेकी बृजेश कुमार पटेल, बिकेश पटेल र दिपेश पटेल बीच घर बनाउने वादविवादमा झैं झगडा हुँदा कुन्दनले एक राउण्ड गोली फायर गरेको र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरिले हतियार सहिर्त पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्