Logo

केपी ओली सरकार नोैटङ्की हो : डा. महत



काँस्की, २२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केपी ओली सरकारलाई नोैटङ्कीको संज्ञा दिएका छन् । नेपाली कांग्रेस कास्कीले आयोजना गरेको पार्टीको आगामी शिक्षा नीति कस्तो बनाउने विषयक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महतले वर्तमान सरकार भाषण मात्रै गरेर हिँडेको पनि टिप्पणी गरे । उनले सरकारले कामको साटो जनतालाई नौटङ्की चरित्र देखाएको आरोप लगाए । त्यस्तै उनले भ्रष्टचारलाई बढावा दिन सरकार लागिपरेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्