सिभिल अस्पतालको टिकट अव घरबाटै


काठमाडौं । सिभिल अस्पतालको टिकट अब घरबाट प्राप्त गर्न सकिनेछ । अस्पतालले प्रभु पे मोबाइल वालेट मार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको सुरुवात गरेको छ । उक्त एप मार्फत घरमा नै बसेर टिकट काट्न सकिने जानकारी गराउदै ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दैनिक आठ सय ओपिडीका बिरामीले टिकटका लागि लामो लाइन बस्नुपर्ने बाध्यतालाई सहज बनाउदै उक्त सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ । प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिने जनाउदै हाललाई जनरल ओपिडी टिकट काट्नका लागि अघिल्लो दिन बिहान सात बजेदेखि परीक्षण गर्ने दिन बिहान सात बजेसम्मको समय राखेको छ ।

पेइङ क्लिनिक तर्फ मोबाइल मार्फत टिकट काट्नका लागि भने हाललाई अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षणण गर्ने दिन बिहान १० बजेसम्मका लागि समय तोकिएको छ । अस्पतालको हातामा रहेको किओस्क मेसिनबाट पनि टिकट लिन सक्ने व्यवस्था रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

Skip This

Omoda E5 Pro