Logo

चीनले भारत-पाकिस्तान विवादमा कसैको पक्ष लिएर हस्तक्षेप नगर्ने



चीनले भारत र पाकिस्तानबीचको विवादमा कुनै एक पक्ष लिएर हस्तक्षेप नगर्ने नीति स्पष्ट पारेको छ । उसले चीन राष्ट्रिय स्वार्थलाई मध्यनजर गरेर कुनै देश विशेषको पक्ष लिने वा हस्तक्षेप नगर्ने नीतिमा अडिग रहेको उल्लेख गरेको छ ।

काश्मिरलाई भारतले विशेष स्वायत्त राज्यको दर्जाबाट हटाएपछि चीनको विदेश मामलासम्बन्धि आधिकारिक मिडिया ग्लोबल टाइम्सले २२ साउनको साँझ धारणा सार्वजनिक गरेको हो । लि किङकिङको लेखमार्फत् भनिएको छ, चीन भारत र पाकिस्तानबीचको विवादमा कुनै एक पक्ष लिदैन र हस्तक्षेप पनि गर्दैन तर चीनको राष्ट्रिय स्वार्थमा भारतलाई हानी पुर्याउन दिदैन ।

चीनले पछिल्लो घटनाप्रति चिन्ता समेत व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिर मामलामा चालेको कदमले दक्षिण एशियामा द्वन्द्व बढ्नसक्ने खतरा औल्याएको छ । ग्लोबल टाइम्सले भनेको छ, काश्मिरमा बढ्दो तनावले भारतको सुरक्षामा विभिन्न चुनौतीहरु आउन सक्छन् । पछिल्लो अवस्थाले उग्र रुप लिए मोदीको नियन्त्रणबाहिर पुग्न सक्ने भनेको छ ।

काश्मिरको भूभागसँग चीन पनि जोडिएकाले नदरअन्दालन नगरिने उल्लेख छ । चीनको भौगोलिक सार्वभौमिकतालाई बेवास्ता नगर्न समेत भनेको छ । चीनले भारतलाई आफूले चाहेको घोषणा गर्न दिनको साटो आफ्नो सार्वभौमिकता बचाउन लागि पर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्