Logo

बार्सिलोनाद्वारा नापोली २–१ ले पराजित



संयुक्त राज्य अमेरिका, २३ साउन । प्रि–सिजन अन्तर्गतको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले जित निकालेको छ । अमेरिकाको मियामी बिहिबार बिहान भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा सर्जियो बुस्केट र इभान राकिटिकले एक एक गोल गरे । नापोलीले आत्मघाती गोलबाट एक गोल फर्काएको थियो । हार्ड रक स्टेडियममा कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोनाले ३९ औं मिनेटमा बुस्केटको गोलबाट अग्रता बनाएको थियो । कप्तान मेस्सी पिडुलाको चोटका कारण अमेरिका भ्रमणमा रहेका छैनन् ।

खेलको ४२ औं मिनेटमा बार्सिलोनाका स्यामुएल उम्टिटीले आत्मघाती गोल गरेपछि नापोली खेलमा फर्कियो । तर, खेलको ७९ औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्