Logo

आमिर खानकी छोरी इराको हट फोटोसुट



बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान बलिउडमा पाइला टेक्दै गर्दा चर्चामा छिन् । अहिले उनको फोटोसुट अहिले सामाजिक सञ्जालमा चर्चामा छ । उनले पहिलो पटक फोटोसुट गरिएको जनाइएको उक्त फोटोमा ‘तिमी को हौ ’ भन्दै फोटो सेयर गरेकी छन् ।

खैरो ब्लाउज, जिन्स अनि हातमा सानो ब्याग बोकेको उक्त फोटो अहिले इन्स्टाग्राममा भाइरल बनिरहेको छ। फोटोमा अर्की मोडलले कनिका झम्टानीको खुट्टा समाएकी छन् । कनिकाले क्यामरामा हेरेकी भने छैनन्।

इराको इन्स्टाग्राममा ७७ हजार फलोअर रहेका छन्।जसमा उनका फ्यानले उनलाई दामी गर्ल भनेर कमेन्ट तथा सेयर गरिरहेका छन् । Photo: Agencies



प्रतिक्रिया दिनुहोस्