Logo

सुष्मा स्वराजलाई राजदूत आचार्यले दिए श्रद्धाञ्जली



काठमाडौं । भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजलाई भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले श्रद्धाञ्जली दिएका छन् । २२ साउनमा उनको पार्थिव शरीरलाई आचार्यले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

राजदूत आचार्यले ट्वीटमार्फत् स्वराजले नेपाल भारत सम्बन्धमा विशेष योगदान पुर्याएको उल्लेख गरेका छन् । २१ साउनको राति स्वराजको निधन भएको थियो । उनी पछिल्लो समय स्वास्थ्यमा समस्या उत्पन्न भएपछि आराम गर्दै आएकी थिइन् । तस्वीरः नेपाली राजदूतावास, भारत



प्रतिक्रिया दिनुहोस्