Logo

सेतो वस्त्रमा सुष्मालाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मोदी



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रायः गेरु वस्त्रमा हुन्छन् । धार्मिक स्वभावका उनी अरु रङ्गको कपडा सायदै पहिरिन्छन् ।

२२ साउनमा उनी सेतो वस्त्रमा देखिए । आफ्नो पहिलो कार्यकालमा विदेशमन्त्री रहेकी सुष्मा स्वराजलाई अन्तिम श्रद्धाञ्जली दिन पुग्दा उनी सेतो वस्त्रमा थिए । मोदीले स्वराजको पार्थिव शरीरमा फूल अर्पण गरे ।


निकै भावुक मोदी स्वराजप्रति सम्मान गर्थे । भारतीय जनता पार्टी प्रमुख प्रतिपक्षी हुँदा स्वराज भारतको लोकसभामा विपक्षी दलका नेता थिइन् । कुनैबेला उनको प्रभाव मोदीको भन्दा बढी थियो । मोदीले स्वराजलाई प्रतिष्पर्धी भन्दा प्रतिभाशाली महिला नेताका रुपमा बुझे । त्यसैले पहिलो कार्यकालमा विदेश मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिए । तस्वीरः भारतीय प्रम मोदीको ट्वीटर



प्रतिक्रिया दिनुहोस्