Logo

काश्मिरबारे बोल्ड निर्णय लिनुअघि मोदीले काश्मिरी नेता भेटेका थिए



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक जीवनकै कडा निर्णय लिए । जम्मु काश्मिरलाई दिदै आएको विशेष स्वायत्त राज्यको दर्जालाई वैधानिक तरिकाले खारेज गरिदिए । सबैलाई आश्चर्यमा पार्दै मोदीले लिएको निर्णय अघि उनले काश्मिरका नेता डा. फारुक अब्दुल्ला र ओमार अब्दुल्लालाई भेटेका थिए ।

भारतको प्रधानमन्त्री कार्यालयमा १ अगष्टमा भएको भेटलाई त्यहाँको प्रधानमन्त्री कार्यालयले सार्वजनिक पनि गरेको थियो । भेटमा श्रीनगरबाट सांसदसमेत रहेका जम्मु काश्मिरका पूर्व मुख्यमन्त्री फारुक र उनका छोरा तथा पूर्व मुख्यमन्त्री ओमार अब्दुल्ला पनि सहभागी थिए । भेटका बखत फारुकले निकै गम्भीरतापूर्वक कुराकानी भएको तस्वीर सार्वजनिक भएको छ ।

मोदीलाई भेटेपछि फारुकको श्रीनगरस्थित निवासमा ४ अगष्टमा काश्मिरका विभिन्न दलका नेताहरु भेला भएका थिए । भेटमा फारुकका अलावा पूर्व मुख्यमन्त्री मेहबुबा मुफ्ती पनि सहभागी थिइन् । फारुकले मोदीलाई भेटेपछि काश्मिर पुगी राज्यको सर्वदीय बैठक घरमै डाक्नुलाई भारत सरकारले चाल्न लागेको कदमबारे पूर्व जानकारी थियो भन्ने विश्लेषण भएको छ । बैठक बसेको भोलिपल्ट काश्मिरका प्रमुख नेताहरु घरबाट निस्कन रोक लगाइए । लगत्तै मोदी सरकारले काश्मिरबारे कडा कदम चाल्यो ।


भारतले ५ अगष्टमा संविधानमै काश्मिरलाई दिदै आएको विशेष राज्यको अधिकार खारेज गरिदिएपछि त्यहाँका नेताहरुलाई घरबाट निस्कन रोक लगाइएको थियो । नेताहरु घरमै नरजबन्दमा छन् । मेहबुबा मुफ्ती र ओमार अब्दुल्ला काश्मिरस्थित घरमै नजरबन्दमा राखिए ।
कँग्रेस आईका नेता गुलाम नवी आजादलाई ८ अगष्टमा श्रीनगर एयरपोर्टमा रोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीसहित जम्मु काश्मिर कँग्रेस प्रमुख गुलाम अहमद मिर पनि रोकिएका छन् । ले ट्वीटमार्फत् सार्वजनिक समेत गरेका थिए । एजेन्सीको सहयोगमा, तस्वीरहरुः सामाजिक सञ्जाल



प्रतिक्रिया दिनुहोस्